ढल्केवर, ७ माघ । चुरेको अबैध दोहन बिरुद्व आवाज उठाउने धनुषाका दिलिप महतोको हत्याको अनुसन्धान बंगियाएर मूख्य योजनाकारलाई बचाउन खोजेको भन्दै बिरोध प्रदर्शन गरिएको छ । ज्यानमारा क्रसर डनको संरक्षणमा प्रहरी प्रशासन रहेको भन्दै सिआईबि बाट अनुसन्धान गर्न मांग गर्दै प्रदर्शन गरेका हुन ।
साथैटिपरले किचेर हत्या गरिएका पर्यावरण अभियन्ता दिलिप महतोलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
मंगलवार धनुषाको ढल्केवरमा विद्यालयहरुद्वारा आयोजित ¥यालीमा हत्यारालाई फाँसी र दिलिपलाई पर्यावरण शहिद घोषणा गर्न माग गर्दै स्कुले बालबालिकाहरु प्रदर्शन गरेका हुन् ।
ढल्केवरस्थित रहेको करिब आधा दर्जन विद्यालयहरुको आयोजना निकालिएको ¥यालीमा दोषीलाई फासी दे, दिलिपलाई पर्यावरण शहिद घोषणा गर, चुरे लुट्न पाँईदैन, अवैध उत्खनन् बन्द गर लगायतका नाराहरु लगाएका थिए ।
जुलुस ढल्केवर चोकको विभिन्न भागको परिक्रमा गरेर ढल्केवरस्थित रहेको शहिद स्मार्क पार्कमा पुगेर कोणसभामा परिणत भएका थिए ।
गत शुक्रवार धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित घरनजिकैको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको बेला टिपरले किचेर दिलिपको हत्या भएको थियो । यस घटनाको देशैभर व्यापक रुपमा विरोध भईरहेको छ । देशको विभिन्न भागमा दिलीपलाई पर्यावरण शहिद घोषणा गर्न माग उठिरहेको छ ।