About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
७ महीनापछि छाला तस्करमाथि छानविन सुरु, भन्सारको आनाकानी किन ? उद्योग सञ्चालक सम्पर्कविहीन !

खोज केन्द्र मंगलबार, माघ ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगञ्ज । झूटो विवरण पेश गरेर वीरगञ्जबाट छाला पठाइएको ७ महीनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानविन थालेको छ । कोलकाता बन्दरगाहमा रोकिएको छाला फिर्ता ल्याएर छानविन अघि बढाउन गत पुस ११ गते मन्त्रिस्तरीय निर्णय भएको हो ।

बाराको होङ हुई टेनरिज प्रालिले इन्डोनेशिया पठाउन लागेको ३ कन्टेनर छाला भन्सारमा गरिएको घोषणाभन्दा फरक भेटिएको थियो । उद्योगले गत असार ६ गते वीरगञ्जको सुक्खा बन्दरगाहमा क्रस्ट लेदर (प्रशोधित छाला) भनेर पठाएको छाला भारतको कोलकाता भन्सारले रोकेको थियो । छालाको गुणस्तर जाँच गर्दा ‘र स्किन प्रोडक्ट’ (कच्चा छाला) प्रमाणित भएको थियो ।

मन्त्रालयले गत पुस १४ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र लेखेर छानविन अघि बढाउन निर्देशन दिएको छ । कोलकातामा रोकिएको छाला नेपाल फिर्ता ल्याएर छानविन गर्न मन्त्रालयले विभागलाई पत्राचार गरेको हो । कन्टेनर ल्याँउदा लाग्ने खर्चसमेत उद्योग तथा ढुवानीकर्ताबाट भराउन भनिएको छ । वीरगञ्जमा ल्याएर भन्सार कार्यालय, पशु क्वारेन्टाइन र वीरगञ्ज उद्योग वाणिज्य संघको समन्वयमा छानविन गरी प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको छ ।

विवरण ढाँटेर लगिएको पत्ता लागे पनि सरोकारका अन्य निकायले छानविनमा आलटाल गरेका थिए । अहिले वाणिज्य मन्त्रालयले यसमा चासो देखाएको छ । मन्त्रालयले भन्सार विभाग, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र नेपाल उद्योग वाणिज्य महासंघलाई छानविनमा सहजीकरणका लागि आग्रह गरेको छ ।

महावाणिज्यदूत एकनारायण अर्यालले छाला नेपाल फिर्ता पठाउन कोलकाता बन्दरगाह भन्सारसित समन्वय भइरहेको बताए । ‘कोलकाता भन्सारले समातेको छाला नेपाल फिर्ता पठाउनेसम्बन्धी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयको जानकारी आएको छ,’ उनले  भने, ‘यहाँको भन्सारसित यसबारेमा निरन्तर समन्वय भइरहेको छ ।’

कोलकाता भन्सारले सेन्ट्रल लेदर रिसर्च इन्स्टिच्युटमा तीनओटै कन्टेनरबाट छालाको नमूना परीक्षण गराएको थियो ।

गलत कस्टम ट्रान्जिट डिक्लेरेशन (सीटीडी) बाट छाला निकासी गर्न लागेको पत्ता लागेपछि तत्कालै कोलकाता भन्सारले पत्राचार गरे पनि भन्सार विभाग अहिलेसम्म मौन बसेको छ ।

भन्सारको आनाकानी किन ? 
यो प्रकरणको अनुसन्धान हुँदा जाँचपासमा संलग्न कर्मचारीसमेत कारबाहीमा पर्ने सम्भावना  छ । त्यसैले भन्सार विभागले यसलाई ढाकछोप गरिरहेको छ । भारतमा समातिएको छाला प्रकरण उतै टुंगिए कर्मचारी कारबाहीबाट जोगिने भएपछि भन्सारले फिर्ता ल्याउन चाहेको थिएन ।

भारतीय भन्सारका अधिकारीहरूले यो द्विपक्षीय व्यापारको विषय नभएकाले आफ्नो देशको कानून आकर्षित नहुने बताएका छन् । उनीहरूले छाला फिर्ता लैजान दबाब दिएका छन् । भारतमा निकासी भएको वस्तुमा मात्रै भारतीय कानूनअनुसार कारबाही गर्न मिल्ने उनीहरूको तर्क छ ।

बन्दरगाह भन्सारमा पेश भएको सीटीडीमा अधिकृत बिरु मास्केको हस्ताक्षर छ । यसमा जाँचकी पनि संलग्न छन् । छाला निकासीको नाममा अवैध व्यापार हुन थालेपछि भन्सार विभागले छालालाई ‘रेड च्यानल’मा राखेको छ । यो च्यानलमा निकासी हुने मालवस्तु र कागजात राम्ररी जाँच गरेरमात्रै निकासीको अनुमति दिनुपर्छ ।

किन रोक्यो भारतले ? 
अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी नेपाल र भारतबीचको सम्झौताअनुसार कोलकाता भन्सारले छाला रोेकेको थियो । सम्झौताको धारा २ मा कुनै पनि देशको निमयकानून उल्लंघनको रोकथाममा प्रभावकारी सहयोग, परामर्श, सोधपुछ र जानकारी आदानप्रदान गर्ने उल्लेख छ ।

यस्तो हुन्छ कारबाही
भन्सार ऐन २०६४ को दफा ५७ (८) मा निकासीकर्ताले मालवस्तुको विवरण फरक पारी घोषणा गरेमा त्यस्तो मालवस्तु जफत गरी भन्सार अधिकृतले त्यस्तो निकासीकर्तालाई बिगोबमोजिम जरीवाना गर्नसक्ने व्यवस्था छ । उपदफा १० मा महसुल वा राजस्वमा हानि नोक्सानी पु¥याएमा वा प्रयास गरेमा त्यो रकमको २०० प्रतिशतसम्म जरीवाना वा ६ महीनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।

जाँचपासमा संलग्न कर्मचारीलाई जिम्मेवार बनाउने सन्दर्भमा भने कानूनी व्यवस्था फितलो देखिन्छ । विभागीय अधिकारीले छानविन गर्दा कर्मचारीको ‘बदनियत’ देखिए कारबाही हुने प्रावधान छ । तर, कर्मचारीको बद्नियत हो कि होइन भन्नेमा अनुसन्धानकर्ताको स्वविवेक बढी चल्ने हुँदा कर्मचारीले प्रायः उन्मुक्ति पाउँछन् ।

सरकारले निर्यात प्रवर्द्धनका लागि क्रस्ट छाला निकासीमा मूल्यको ५ प्रतिशत नगद अनुदान दिएको छ । गलत विवरण पेश गरेर उद्योगले यो सुविधा दुरुपयोगको प्रयास गरेको थियो । छाला उद्योगले वेट ब्लू निकासीका लागि ३० प्रतिशत क्रस्ट र तयारी छाला निर्यात गर्नुपर्छ । तर, कच्चा छालालाई क्रस्ट घोषणा गरेर त्यही निकासी परिमाणका आधारमा वेट ब्लू निर्यातको योजना बनाएको थियो ।

उद्योग सञ्चालक सम्पर्कविहीन
मन्त्रालयले छानविन प्रक्रिया अघि बढाएपछि उद्योग सञ्चालक सम्पर्कविहीन भएका छन् । अवैध छाला निकासीबारे बुभ्mन उद्योगमा पुगेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले उद्योग सञ्चालकलाई फेला पार्न सकेन । ‘चिठी बुझाउन गएका कर्मचारीले उद्योगमा ताला लागेकाले सम्पर्क गर्न नसकिएको जवाफ पठाएका छन् । यो विषय अभैm टुंगिएको छैन,’ विभागका अधिकृत जगदीश दाहालले बताए ।

उद्योगमा ताला लागेकाले सञ्चालक फेला पार्न नसकिएको पत्र विभागमा पठाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जका प्रमुख ओमनारायण शर्माले  बताए । उद्योगले सो कार्यालयबाट निकासीको अनुमति लिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]