About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी(आईसीपी) मंगलवारदेखि सञ्चालनमा

खोज केन्द्र सोमबार, माघ ०६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

विराटनगर । बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी(आईसीपी) मंगलवारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मंगलवार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मञ्च कार्यालयका प्रमुख हिमाल बरालले जानकारी दिए ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो ।

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय १ अर्ब १४ करोड रुपया लागतमा निर्माण गर्न ठेक्कामा लिएका थिए ।

विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ ।

जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए । रासस

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]