About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
प्रदेस २ मा छोरी शिक्षा बीमा प्रति बढ्दो उत्साह

खोज केन्द्र सोमबार, माघ ०६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत सप्तरीमा जारी छोरी शिक्षा बीमा शिविरमा निकै उत्साह बढेको छ । बिहीबारदेखि सुरु भएको छोरी शिक्षा बीमा अन्तर्गत अहिलेसम्ममा १८४ बालिकाको मुद्दती खाता सञ्चालनमा आएका छन् । 

सप्तरीको बोदेबर्साइन नगरपालिका स्थित चन्द्रा माविमा सम्पन्न शिविरमा १०७ र सोही नगरपालिकाको महेन्द्र चुन्नमी मावि मानराजामा ७७ गरी १८४ बालिकालाई छोरी शिक्षा बीमा गरिएको अभियानका सामाजिक सुरक्षा जिल्ला संयोजक पूनम चौधरीले जानकारी दिए । 

माघ २ गतेदेखि सञ्चालन भएको शिविर जिल्लाको १८ वटै स्थानीय तहमा शिविर गरिने एक महिने कार्यक्रम सार्वजनिक गरिएको उनले भने , नगरपालिकामा दुई÷दुई दिन र गाउँपालिकामा एक÷एक दिन शिविर आयोजना हुन्छ । आउँदो फागुन ४ गते तिलाठी कोइलाडीमा शिविर सम्पन्न हुनेछ ।

साताव्यापि जारी छोरी शिक्षा बीमा र स्वास्थ्य शिविर एकसाथ भइरहेको बताइएको छ । सो शिविरमा २०७५ माघ १ गतेदेखि जन्मिएका बालिकाको शिक्षा बीमा भइरहेको र बीमा गरिएका बालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिरहेको बताइएको छ ।

शिविरमा सम्बद्ध स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सचिवको अनिवार्य उपस्थितिमा छोरीको बीमा भइरहेको उहाँले जानकारी दिए । छोरी बीमाका लागि जन्मदर्ता, आमाबाबुको नागरिकता प्रमाणपत्र प्रतिलिपि, बच्चा, निवेदकको छ प्रति फोटो र वडा कार्यालय सिफारिश सहित कागजात पेश भएमा शिविर स्थलमै बीमा भइरहेको छ । 

बालिकाको २० वर्षपछि उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने उद्देश्यले अहिले जन्मिने बालिकाको रु. २५ हजारको बीमा भइरहेको जानकारी दिदै उहाँले यस बीमा प्रिमियममा एकमुष्ट १४ हजार ६४७ जम्मा गर्नुपर्छ । जसमध्ये मुख्यमन्त्रीको कार्यालयले १३ हजार ६४७ र सम्बद्ध बैंकले एक हजार जम्मा गरिने प्रावधान रहेको बताए । अहिले गरिएको बीमा रकमबाटै बालिकाले २० वर्षपछि एक लाख बढी रकम पाउने र सो रकमबाट उच्च शिक्षा हासिलमा सहयोग पुग्ने अपेक्षा रहेको छ ।

शिविर अघि छोरी शिक्षा बीमा लागू भएयता प्रदेशभरी १२ हजार भन्दा बढी बालिकाको बीमा गरिसकेको जानकारी दिदै प्रदेशमा यस वर्ष ३० हजार बालिकाको शिक्षा बीमा गरिने लक्ष्य रहेको अभियानका आतिशकुमार झाले बताए ।

गत माघ १ गतेदेखि हालसम्म सप्तरीमा एक हजार ९४ बालिकाको शिक्षा बीमा गरिसकेको अभियान सप्तरीका संयोजक पूनम चौधरीले जानकारी बताए । मुख्यमन्त्री कार्यालयले शिविर सञ्चालन गर्न जिल्लाका प्रति स्थानीय तहलाई रु. ५० हजार रकम प्रदान गरेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]