About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
सरकार र उखु किसानबीच भएको सहमति सकिन दुई दिन बाँकी, अधिकांश किसानले भुक्तानी पाएन

भुक्तानी गर्न कति बाँकी ?

खोज केन्द्र सोमबार, माघ ०६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । गत १८ पुसमा सरकारले ७ माघभित्र उखु बिक्रीबापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराइदिने गरी उखु किसानसँग सहमति गरेको थियो । तर, सो सहमतिको अक्षरशः कार्यान्वयन गराउने विषयमा भने सरकार सक्रिय भएर नलाग्दा कृषकले सो समयमा पुरै भुक्तानी नपाउने अवस्था आएको हो ।
भुक्तानीको माग गर्दै कृषक आन्दोलित भएका थिए तर सरकारले सहमति गरेपछि उनीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका थिए । ७ माघभित्र उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने भनेर सरकार र उखु किसानबीच पाँच बुँदे सहमति भएको थियो ।

सरकार र उखु किसानबीच भएको सहमति सकिन दुई दिन बाँकी हुँदासम्म चिनी उद्योगले उखु किसानलाई ५९ करोड १६ लाख ५४ हजार ७५२ रुपैयाँ भुक्तानी दिनुपर्नेछ । चिनी उद्योगीहरूले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सम्झौता भएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागलाई चिनी उद्योगले किसानको बाँकी बक्यौता रकम भुक्तानीको रिपोर्ट गर्न जिम्मा दिएको छ । आइतबारसम्ममा विभागले संकलन गरेको तथ्यांकअनुसार १४ वटा चिनी उद्योगमध्ये सातवटा उद्योगले मात्र उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरेका छन् । बाँकी सातवटा उद्योगले सरकार र किसानसँग भएको सहमतिपछि केही बक्यौता रकम भुक्तानी गरे पनि बाँकी बक्यौताको आधा चौथाइ भुक्तानी गरेका छैनन् ।
उद्योग विभागका प्रवक्ता विनोद खड्काका अनुसार नवलपरासीको लुम्बिनी सुगर मिलका सञ्चालक हालसम्म सम्पर्कविहीन छन् । उनले सो मिलले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम कति रहेको भन्ने समेत जानकारी नगराएको बताए । लुम्बिनी सुगर मिलका सञ्चालको दुई वर्षअघि नै मृत्य भएको हुँदा उनका परिवारका कुनै सदस्यसमेत सम्पर्कमा नआएको उनले बताए ।

यसैगरी, श्रीराम सुगर मिल रौतहटले उखु किसानसँग जग्गा बिक्री गरेर केही समयपछि बाँकी बक्यौता रकमको भुक्तानी गर्ने सहमति गरेको प्रवक्ता खड्काले बताए । उनले भने, ‘चिनी उद्योगीको अवस्था हेर्दा उखु किसानको बाँकी बक्यौता रकमको भुक्तानी तोकिएको समयसीमाभित्र होला जस्तो लाग्दैन ।’ श्रीराम सुगर मिलले पैसा तिर्न नसक्ने भएपछि जग्गा बिक्री गर्न भनेर भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा चिठी पठाइएको छ । यस्तै, बाँकी बक्यौता भुक्तानी नगर्ने अन्य चिनी उद्योगको अवस्था पनि नाजुक छ । विभागको तथ्यांकअनुसार श्रीराम सुगर मिल रौतहटले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्न २६ करोड ७७ लाख ७८ हजार ६२३ रुपैयाँ बाँकी छ ।

विभागको आइतबारसम्म सर्लाहीको अन्नपूर्ण सुगर मिलले जम्मा ३ करोड ९० लाख मात्र बाँकी बक्यौता रकम भुक्तानी गरेको छ । सो मिलले उखु किसानसँग भएको पाँच बुँदे सहमतिपछि सो रकम बुझाएको हो । अन्नपूर्ण सुगर मिलले लामो समयदेखिको ४२ करोड बाँकी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेकामा जम्मा ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ । यसैगरी, महालक्ष्मी सुगर मिलले जम्मा ११ करोड ५० लाख बाँकी बक्यौता किसानलाई बुझाएको छ । जब कि सो मिललाई २१ करोड ४० लाख ५८ हजार २२६ रुपैयाँ बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने देखिएको छ ।

भुक्तानी गर्न कति बाँकी ?

चिनी मिलको नाम भुक्तानी हुनुपर्ने भुक्तानी भएको रकम
१. महालक्ष्मी सुगर मिल, सर्लाही २१,४०,५८,२२६ ११,५०,०००००
२. अन्नपुर्ण सुगर मिल, सर्लाही ४२,००००००० ३,९०,०००००
३. श्रीराम सुगर मिल, रौतहट २६,७७,७८,६२७ भुक्तानी नगरेको
४. महाकाली सुगर मिल, कञ्चनपुर ६२१०७ भुक्तानी नगरेको
५. बाग्मती खाडसरी सुगर मिल, नवलपरासी ८,४१,४१, ५८६ भुक्तानी नगरेको
६. रिलायन्स सुगर मिल श्रीपुर, बारा ६१,४९,७१४ भुक्तानी नगरेको
७. बाबा बैजुनाथ सुगर मिल, रौतहट

बाँकी बक्यौता भुक्तानी गर्ने उद्योग

यसैगरी, बाँकी बक्यौता रकम भुक्तानी गर्नेमा इन्दुशंकर सुगर मिल, एभरेस्ट सुगर मिल, भागेश्वर सुगर मिल, हिमालयन सुगर मिल, इस्टर्न सुगर मिल र रिलायन्स सुगर मिल छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले सरकार र उखु किसानसँग १८ पुसकोे सहमति भएअनुसार चिनी उद्योगले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी नगरे प्रशासनिक प्रक्रियाबाट कारबाही अघि बढाउने बताए । प्रवक्ता भट्टाईले अन्नपूर्ण चिनी उद्योगलाई गत शुक्रबार तत्काल उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्न मन्त्रालयले निर्देशन दिएको बताए ।
यसैगरी, उनले लुम्बिनी सुगर मिलका सञ्चालक सम्पर्कविहीन भएको जनकारी गराएका छन् । सो मिलका सञ्चालकलाई सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरिएको प्रवक्ता भट्टराईले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता
प्रदेश २: ३२ लाख नक्कली नेपाली रुपियाँ बरामद
जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्थानीय तहसम्म संगठन बिस्तार गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]