About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
संघीयता अभ्यासमा नयाँ अध्याय

खोज केन्द्र आइतबार, माघ ०५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

संघीयता कार्यान्वयनसँगै यसलाई बलियो बनाउँदै जाने क्रममा शुक्रवार प्रदेश सरकारले विदेशी अनुदान प्राप्त गर्ने सम्झौता भएको छ जुन नेपालको संघीयता अभ्यासमा नयाँ अध्याय हुन पुगेको छ । स्वीस सरकारले प्रदेश सहयोग कार्यक्रमअन्तर्गत १ अर्ब अनुदान दिने सम्बन्धमा भएको सम्झौताले संघीयता कार्यान्वयनमा थप टेवा पुग्ने देखिन्छ । पहिलोपटक प्रदेशले संघीय सरकारको स्वीकृतिमा विदेशी अनुदान प्राप्त गरेकाले यो सम्झौता विशेष र दूरगामी प्रभाव पार्ने खालको देखिन्छ ।

संघीयतामा प्रदेश र स्थानीय सरकारबीच अधिकार र स्रोतको बाँडफाँटटका लागि उचित संयन्त्र र अनुभवको अभाव रहेको अवस्था छ । यस्तोमा स्वीस सरकारको सहयोगले प्रदेश र स्थानीय सरकारबीच रणनीतिक साझेदारी अभिवृद्धिमा ठोस सहयोग पुग्ने देखिन्छ ।

संघीय र स्थानीय सरकारको चेपुवामा परेर प्रादेशिक सरकार स्रोतसाधनका हिसाबले कमजोर रहेको धेरैको भनाइ थियो । यस्तोमा प्रदेश सरकारलाई संघीयताको मर्मअनुसार समतामूलक विकास अघि बढाउन तथा सार्वजनिक सेवा प्रवाह गर्न स्वीस सरकारको अनुदान उपयोग गरिनेछ । प्रदेश सरकारले समेत यसमा २० करोड रूपैयाँ लगानी गर्नेछ । यो रकम ४ वर्षभित्र खर्च गरिसक्नुपर्ने व्यवस्था छ । यसका लागि प्रदेश सरकारले जथाभावी खर्च गर्न भने पाउनेछैन किनभने यो कार्यक्रम सञ्चालनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने व्यवस्था छ, जसमा स्वीस सरकारको विकास सहयोगको प्रतिनिधिसमेत सदस्य हुनेछन् । विकास निर्माणका खर्चमा हुने गरेको अपचलनलाई यो व्यवस्थाले रोक्न सक्ने देखिकाले पनि यो सम्झौता विशेष महत्त्वको रहेको छ ।

संघीयतामा प्रदेश र स्थानीय सरकारबीच अधिकार र स्रोतको बाँडफाँटका लागि उचित संयन्त्र र अनुभवको अभाव रहेको अवस्था छ । यस्तोमा स्वीस सरकारको सहयोगले प्रदेश र स्थानीय सरकारबीच रणनीतिक साझेदारी अभिवृद्धिमा ठोस सहयोग पुग्ने देखिन्छ । यस कार्यक्रमले संस्थागत क्षमता विकासका लागि लक्षित प्राविधिक सहयोग, क्षमता अभिवृद्धि तालीम, प्रदेश सरकारको समग्र कार्यान्वयन क्षमता आदिमा यो सहयोग परिचालित हुने भएकाले संघीयतामा थप बल पुग्ने विश्वास गर्न सकिन्छ । अहिले प्रदेश र स्थानीय सरकारले कानूनी समस्या त झेलिरहेका छन् नै, साथै कार्यान्वयन प्रणाली नजान्दा कतिपय निर्णय आलोचनाको निशाना बनेका छन् । उनीहरूले संघीयताको मर्मअनुरूप काम गर्न नसकेको अवस्था पनि छ । बजेट कार्यान्वयनमा सबैभन्दा ठूलो समस्या देखिएको छ । कतिपय स्थानीय सरकारले बजेट नै नबनाएको समाचार आइरहेको पाइन्छ भने प्रदेश तथा स्थानीय सरकारले विकास बजेट ज्यादै न्यूनमात्र खर्च गर्न सकेका छन् । यस्तोमा स्वीस सरकारको सहयोगबाट दुवै सरकारको समन्वय र कार्यशैलीमा सुधार आउने अपेक्षा गर्न सकिन्छ । त्यसो त सहयोग रकम सुशासन र डिजिटल प्रणालीका लागि पनि खर्च गरिनेछ, जसको अर्थ हो, प्रादेशिक सरकारले दिने सेवा जनउत्तरदायी हुनेछ ।

संघीयता कार्यान्वयनका लागि यो सम्झौता कोसेढुंगा हुने देखिन्छ किनभने यसअघि कुनै पनि विदेशी अनुदान प्रदेश सरकारले सीधै प्राप्त गरेका थिएनन् । यस अर्थमा यस्तो सम्झौता पहिलो हो । यो अनुदान प्राप्त गर्न गतवर्ष नै प्रदेश सरकारले संघीय सरकारको अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त गरेको थियो । मुलुक संघीयता गइसकेको अवस्थामा जनताका अपेक्षा बढेका छन् तर त्यसअनुरूप काम गर्न भने प्रदेश र स्थानीय निकायलाई आफ्नो स्रोत पर्याप्त देखि“दैन । संघीयतालाई सबल बनाउन प्रदेशहरू बलियो हुनुपर्छ र तीनै तहका सरकारबीच रणनीतिक रूपमा सहकार्य हुनुपर्छ । स्वीस सहयोगले यस्तो वातावरण बनाउन मद्दत पुग्ने देखिन्छ ।

हुन त अहिले पनि कतिपय अवस्थामा प्रदेशको अधिकार संघीय सरकारले प्रयोग गरेको गुनासो आएको पाइन्छ । प्रदेश सरकारले गर्नुपर्ने काम संघले गरेकाले विवाद नै पनि भएको छ । संघीयताको अभ्यास भर्खर शुरू भएकाले यस्तो समस्या देखिनु स्वाभाविकै भए पनि तिनलाई सुधार्दै लैजानु आवश्यक देखिन्छ । स्वीस सरकारले संघीय संरचनालाई सही ढंगले अघि बढाउन यसअघि पनि चासो दिएको हो । यस्तोमा उसले प्रदेशलाई सहयोग गरेर संघीयता बलियो बनाउन थप मद्दत गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]