About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
निजगढ अन्तरराष्ट्रिय विमानस्थल विकास र सञ्चालनका लागि आगामी ४५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्ने

खोज केन्द्र आइतबार, माघ ०५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्वोच्च अदालतले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणस्थलमा रूख कटानको काम रोक्न अन्तरिम आदेश दिए पनि लगानी बोर्ड, नेपालले स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनल (एजी)सँग आशयपत्र (आरएफपी) माग गरेको छ ।

सूचना सार्वजनिक गर्दै लगानी बोर्डले सो विमानस्थल विकास र सञ्चालनका लागि आगामी ४५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्ने गरी ज्युरिखसँग आशयपत्र माग गरेको हो ।

यसअघि सो विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी मोडल) मा निर्माणका लागि बोर्डले गत असोज पहिलो साता नै ज्युरिखलाई संक्षिप्त सूचीमा राखेको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार ज्युरिखले ४५ दिनभित्र विमानस्थल निर्माणको आर्थिक र प्राविधिक दुवैको विस्तृत प्रस्ताव पेश गरिसक्नुपर्नेछ । ‘आशयपत्रमा राखिएका शर्तहरू उसले पूरा गरेमा र त्यसमा सरकारलाई चित्त बुझेमा कम्पनीलाई विमानस्थल निर्माणको ज्युरिखले पाउनेछ,’ अधिकारीले बताए । कम्पनीले सबै प्रक्रिया पूरा गरी निजगढ विमानस्थल निर्माणको जिम्मा पाएमा (पीपीपी) मोडलमा पूर्वाधार निर्माणको काम पाउने ज्युरिख पहिलो कम्पनी हुनेछ ।

पीपीपी मोडलअनुसार निर्माणपछि कम्पनीले नै आयोजना सञ्चालन गरी निश्चित अवधिपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । पीपीपी मोडलअनुसार अधिकतम ३० वर्षसम्म कम्पनीले नै विमानस्थल सञ्चालन गरी चालू अवस्थामा सरकारलाई बुझाउनुपर्नेछ ।

लगानी बोर्डले आगामी ३ महीनामा निजगढ विमानस्थल निर्माणका लागि कम्पनी चयन गर्ने प्रक्रिया टुंग्याइने बताएको छ ।

निजगढ विमानस्थल पहिलो चरणको निर्माण लागत १ अर्ब २० करोड अमेरिकी डलर हुनेछ । पीपीपी मोडलमा विकास गरिने भएकाले विमानस्थल निर्माणको सम्पूर्ण लगानी स्वीस कम्पनीले बेहोर्ने छ । बोर्डका अनुसार सरकारले यस आयोजनामा भायबालिटी ग्याप फन्डिङ गर्ने छैन ।

राजधानी काठमाडौंबाट १७५ किलोमीटरको दूरीमा रहेको यो विमानस्थल बनेपछि यसले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाल रहेको ट्राफिक चापलाई सम्बोधन गर्नेछ ।

विमानस्थल निर्माणका लागि २०७५ चैतको दोस्रो साता काठमाडौंमा भएको लगानी सम्मेलनमा यो विमानस्थल पनि शोकेस गरिएको थियो । बोर्डका अनुसार यसको निर्माणका लागि त्यतिखेर विभिन्न देशका सातओटा कम्पनीले प्रस्ताव गरेका थिए । बोर्डका अनुसार प्रस्तावित सात कम्पनीमध्ये आवश्यक मापदण्ड पुगेको आधारमा ज्युरिख एयरपोर्टमा संक्षिप्त सूचीमा छनोट गरिएको थियो । बोर्डले यस विमानस्थल निर्माणका लागि कम्पनी छनोटका लागि १ अर्ब अमेरिकी डलर नेटवर्थ भएको र विमानस्थल विकास र सञ्चालनको १० वर्षको अनुभव भएको हुनुपर्ने मापदण्ड राखेको थियो ।

ज्युरिख एयरपोर्ट विमानस्थल सञ्चालन र व्यवस्थापन गर्ने स्वीट्जरल्यान्डको सरकारी लगानी रहेको कम्पनी हो । ज्युरिखकै विमानस्थल सञ्चालन गरिरहेको यसले छिमेकी मुलुुक भारतको बैंग्लोरमा पनि अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन गरिरहेको छ । यस कम्पनीले हालै भारतकै उत्तर प्रदेश राज्यमा नयाँ विमानस्थल निर्माणको काम पाएको छ । पर्याप्त छलफलै नगरी गत २०७५ जेठ ९ मा स्वीकृत गरेको विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) मा ८ हजार ४५ हेक्टरमा विमानस्थल बनाइने र त्यसका लागि सानाठूला गरी करीब २४ लाख रूख काटिने उल्लेख भएपछि वातावरणविद्हरूले त्यति धेरै रूख काट्न नहुने जिकीर गर्दै आएका छन् ।

पहिलो चरणमा विमानस्थल २५०० हेक्टर क्षेत्रफलमा निर्माण हुने र त्यसका लागि करीब ८ लाख रूख कटान हुने बताइए पनि नागरिक उड्डयन प्राधिकरणले पछिल्लोपटक पहिलो चरणमा १९ सय हेक्टर वनक्षेत्रका ५ लाख रूख काटिने बताएको छ ।

पुस ६ गते सर्वोच्च अदालतले विमानस्थल निर्माणका लागि रूख कटान रोक्न अन्तरिम आदेश दिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको इजलाशले मंसिर २० गतेको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै यस्तो आदेश दिएको थियो । वातावरणविद्हरूले निजगढ जैविक विविधायुक्त ठाउँ भएकाले विमानस्थल निर्माणका लागि अन्य विकल्प खोज्नुपर्ने बताए पनि सरकारले निजगढको विकल्प नखोजिने बताउँदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा
कोरोना कहरकाबीच विहारमा मतदान सुरु
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]