महतोलाई पर्यावरण शहिद घोषणाको मांग
क्रसर माफियाले हत्या गरेको अभियन्ता दिलिप महतोलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्न माग गर्दै धनुषाको ढल्केवर बजार बन्द गरिएको छ ।
प्रहरी प्रशासनले महतोका मूख्य हत्यारा अझै कानूनी दायरामा नल्याई उनमुक्ती दिन लागेको आन्दोलित स्थानियहरुको दाबी छ ।
टिपरले किचेर हत्या गरिएका दिलिपलाई पर्यावरण शहिद घोषणा गर्न माग गर्दै पिछ्डावर्ग समाज(ओबिसी) को आह्वानमा ढल्केवर बन्द गरिएको हो ।
चुरे संरक्षणका अभियन्ता दिलिपको हत्यारालाई कडा कारवाही र अभियन्ता दिलिपलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्न माग गर्दै ढल्केवर बन्दको आह्वान गरिएको पिछडावर्ग समाजका केन्द्रिय अध्यक्ष रामकुमार महतोले जानकारी दिए ।
गत शुक्रवार धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित घरनजिकैको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको बेला टिपरले किचेर दिलिपको हत्या भएको थियो । यस घटनाको देशैभर व्यापक रुपमा विरोध भईरहेको छ । देशको विभिन्न भागमा दिलीपलाई पर्यावरण शहिद घोषणा गर्न माग उठिरहेको छ ।
यता, महतोको हत्यामा संलग्न रहेको भन्दै क्रसर डन बिपिन महतो सहित चार जनालाई प्रहरीले पक्राउ गरिसकेका छन ।
यद्द्पी, बिपिनका संझियार बेचन शर्मा सहित मूख्य योजनाकारलाई धनुषा प्रशासनको संरक्षनमा उनमुक्ती दिन लागिएको आन्दोलनकारीको आक्रोश छ ।
qq