About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
जनकपुर—जयनगर रेल्वेको करोडौंको सम्पती नासीदै, महुमूल्य धातू चोरी, रेल संग्रहालय बनाउन माँग

खोज केन्द्र शनिबार, माघ ०४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर । माघ ६, विक्रम सम्वत् २०७० मा चालू अवस्थामा रहेको जनकपुर जयनगरसम्म चल्ने नेपाल रेल्वेको वाष्पयुक्त इन्जिनसहित करोडौंको सामग्रिहरु संरक्षण अभावमा थन्किएको छ । जनकपुरबाट १५ किलोमिटरको दूरीमा रहेको धनुषाको वैदेही र खजुरीमा वाष्पयुक्त इन्जिनहरु थन्काइएको छ । 

नेपाल रेल्वेका नासु रामचन्द्र साहका बमोजिम नेपाल रेल्वेको सेवा बन्द गरिदा दुईवटा इन्जिन चालू अवस्थामा नै रहेको थियो । रेल सेवा बिस्तार गरी ब्रोडगेज सेवाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न तात्कालीन संरचना भत्काउनुपर्ने भएकोले चालू अवस्थामा हुँदाहुँदै रेल्वे सेवा बन्द गरी निर्माण कार्य अगाडी बढाउनुपरेको साहले जनाए । बिक्रम सम्वत् १९९२ मा निर्मित नेपाल रेल्वे थन्किन पुग्दा त्यसबेलाकै कतिपय इन्जिन तथा सामग्रिहरु रहेको भेटिएको छ । 

देवी देवताको नाउँबाट नामाकरण गरिएको राम, सीता, गुह्ेश्वरी, चन्द्र, सूर्य, महावीर, गोरखनाथ इन्जिन कामै नलाग्ने अवस्थामा पुगेको स्थानीय राजेन्द्र महतो बताउँछन् । 

नेपाल सरकार रेल्वे विभागले करोडौंको रेल्वेको संरचना संरक्षण गर्न महाप्रबन्धकसहित १८ जना कर्मचारी नियुक्त गरेको छ । मरम्मत सम्भार तथा सुधार अभावमा वाष्पयुक्त इन्जिन कामै नलाग्ने अवस्थामा पुगेपछि भारत सरकारले चारवटा इन्जिनहरु उपलब्ध गराएको थियो ।

रेल्वे निर्माणको लागि चालिसको दशकमा बेलायतबाट रेल्वेको अवस्था बुझ्न जनकपुर आएको एक टोलीले विद्युतीय इन्जिन उपलब्ध गराउन ईच्छुक रहेको तर त्यसको बदलामा वाष्पयुक्त इन्जिनहरु बेलायतलाई हस्तान्तरण गर्नुपर्ने शर्त राखेको थियो । तर त्यत्तिबेला ती शर्तलाई नेपाल रेल्वेले अस्वीकार गरेको रेल्वेमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

वाष्पयुक्त इन्जिनहरुमा उल्लेख गरिए बमोजिम बेयेर, पिकक एण्ड कम्पनीले वर्ष १९४७ मा म्यान्चेष्टरमा निर्माण गरेको, जर्मनीको बर्लिनमा ओरैनस्टैन एण्ड कोर्पेलमा निर्मित सीतासहितका प्राचीन तथा दुर्लभ इन्जिनहरु थन्किएको अवस्थामा रहेको छ ।  

विक्रम सम्वत् २०५१ सालमा उपलब्ध गराइएको जे डी एम ५, ५२४, ५३५ र ५३६ नम्बरको इन्जिन समेत काम नलाग्ने अवस्थामा पुगेको नेपाल रेल्वेका साह बताउँछन् । 

जनकपुरको स्टेशनस्थित कार्यालय रहेको पुरानो भवनमा नियमित रुपमा दुई चारजना कर्मचारी देखिएपनि रेल्वेको संरचनाहरु रहेको खजुरी, वैदेही लगायतको स्थानमा महिनौंसम्म कुनै कर्मचारीलाई नदेखेको धनुषा खजुरीका अवधेश कामती बताउँछन् । रेल्वेका कर्मचारीहरुको तलब, भत्तामा मात्रै विभागले वार्षिक करोड रुपैयाभन्दा बढी खर्चेको छ । तर पछिल्लो तीन वर्षमा रेल इन्जिनको महत्वपूर्ण पार्टपूर्जा, ब्याट्री, लिक, स्लिपर, वर्कशापको महत्वपूर्ण सामानहरु चोरी भइसकेको छ । 

लिलामी प्रकृयामा समेत मिलोमतो  

रेल्वे विभागले दुलर्भ र प्राचीन इन्जिनलाई लिलामी प्रकृयामा लग्ने निर्णय गरेको थियो। लिलामी प्रकृयाको लागि पूर्वाधारहरुको यकिन विवरण संकलन गरी मूल्याङ्कन गर्न इन्जिनियर रोशन देवको संयोजकत्वमा केवल नेपाली, नन्द किशोर राय, उत्तिम राय, गंगाराम मण्डल सम्मिलित कार्यदल गरिएको थियो। प्रतिवेदन बुझाएको अवस्थामा लिलामी प्रकृया अगाडी बढाइने जनाइएको छ । 

यता, रेल्वेको पुरानो लिक, सिल्पिर तथा भवनहरुको लिलामीमा कर्मचारीहरुको मिलोमतो देखिएको स्थानीहरुको आरोप छ । 

स्थानीयले भने दुलर्भ र प्राचीन इन्जिन तथा रेल सामग्रिहरुको संरक्षण संवद्र्धन गर्न संग्रहालय बनाउन माँग गरेको छ । महतो भन्छन् – वाष्पयुक्त इन्जिनहरु विश्वबाटै लोप भएको अवस्थामा पुगेको छ, तसर्थ सम्पत्तीलाई मूल्याङ्कन गरेर निलामी गर्नुभन्दा संग्रहालय बनाउँदा उपयुक्त हुन्छ । 

महुमूल्य धातू चोरी

सम्बन्धित निकायको लापरवाहीले जनकपुर—जयनगर रेल्वेको बहुमूल्य धातु लगायतका सरसमानहरु चोरी हुने क्रम बढेको छ । भारत सरकारको सहयोगमा जनकपुर जयनगर रेल्वेलाई ब्रोड गेजमा विस्तार गर्ने कार्य अगाडि बढाएपनि रेल्वेको बहुमूल्य धातुहरु चोरी भईसकेको छ ।

ब्रिटिस सरकारले महोत्तरीको बिजलपुरा जंगलबाट सालको काठ ढुवानी गरि भारत लैजाने उदेश्यले बिक्रम सम्बत १९९२ मा जनकपुर जयनगर रेल्वे स्थापना गरेका थिए । जंगल सखाप भएपछि रेल्वेलाई राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले यात्रु सेबामा परिणत गरेका थिए ।

उक्त रेल्वे अति जिर्ण बनेपछि रेल्वे विस्तार गर्ने कार्य अगाडि बढाइएको छ । तर रेल्वेृ सुरक्षाका जिम्मेवारी पाएका कर्मचारीहरुको गैरजिम्मेवारीका कारण रेल्वे इन्जिन,बोगि तथा कार्यालय भित्रका बहुमूल्य धातु चोरी भईसकेको कर्मचारीहरु बताउंछन् । 

रेल्वेको स्थापनासंगै ब्रिटीस सरकारले जनकपुर तथा खजुरीमा स्थापना गरेको कारखाना र स्टीम ईन्जनहरु पनि संरक्षणको अभाबमा घामपानीले नासिदै छ । सीता, महाबीर, चन्द्र, सुर्य, गोरखनाथलगायतका एकदर्जन भन्दाबढी साना र ठुला स्टीम ईन्जन तथा छ वटा डिजेल इन्जिन कामै नलाग्ने अबस्थामा पुगेको छ ।

ऐतिहासिक धरोहरहरुको संरक्षण गर्न नसकेपछि कर्मचारीकै मिलोमतोमा बहुमूल्य महंगा पार्ट पुर्जाहरु चोरी भईसकेकोको स्थान यूवा मनोज साहको आरोप छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]