About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
अन्डरवर्ल्ड डन दाउद काठमाडौंमा, कयौं कन्स्ट्रक्सन र कम्पनीमा दाउदको लगानी, नेताहरु विजनेस पार्टनर

खोज केन्द्र शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं – अन्डरवर्ल्ड डन दाउद इब्राहिममाथि नेपालमा आफ्नो अड्डा बनाएको र यहाँबाट भारतमा नक्कली नोट पठाएको आरोप लागेको छ। पहिला दाउदको ग्याङ्गकै सदस्य रहेका एजाज युसुफ लकडाले मुम्बई प्रहरीको सोधपुछमा यस्तो बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। जनावरी ८मा लकडा भारत विहारको राजधानी पटनाबाट पक्राउ परेका थिए।

नेपालमा पाकिस्तानी दूतावासका प्रमुख अधिकारीको माध्यमबाट दाउदले आफ्नो धन्दा चलाइरहेका भारतीय अनलाईन जागरणमा उल्लेख गरिएको छ। त्यस्तै भारतीय अनलाइन प्रभाव खबरमा प्रकाशित समाचारको अनुसार काठमाडौंमा दाउदको कम्पनीले करोडौंको लगानी गरेको र निकै ठूलो कारोबार सञ्चालन गरेको छ। सबैभन्दा धेरै लगानी इन्फास्ट्रक्चरको क्षेत्रमा गरिएको समाचारमा दाबी गरिएको छ। तर कम्पनीको नामबारे भने उल्लेख छैन्।

कयौं कन्स्ट्रक्सन र कम्पनीमा पनि दाउदको लगानी रहेको र नेपालका कयौं नेताहरु पनि उनको विजनेस पार्टनर रहेका समाचारमा लेखिएको छ। तर पार्टनरशिप नेताको नाम भने खुलाइएको छैन्। समाचारमा उल्लेख गरिएको अनुसार सन् २००८–२००९ बाट नै दाउदको कम्पनीले काठमाडौंमा लगानी गर्न थालेको र लकडाले नै उक्त कारोबार मुख्य रुपमा समालेको उनले भारतीय प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ। दाउदले क्यानडापछि आफ्नो दोस्रो महत्वपूर्ण स्थानमा नेपाललाई नै बनाएको दाबी छ।

लकडाले काठमाडौंको बासबारीमा दाउदको एक आलीशान होटल रहेको र उनी काठमाडौं आउजाउ गरिरहने जनाए। त्यस्तै उनको पाकिस्तानको कराचीमा दुई वटा घर पनि रहेको  बताइएकाे छ। भारीय प्रहरीको अपराध शाखाका शीर्ष अधिकारीहरुले दाउदका भाइ त्यहाँ बस्दै आएकाे जनाएका छन्। भारतीय प्रहरी अधिकारीहरुले लकडाबाट दाउदले गर्ने भारतीय नक्कली नोट कारोबारको बारेमा महत्वपूर्ण जानकारी प्राप्त भएको बताए।

मुम्बइ प्रहरी अधिकारीहरुका अनुसार एजाज लकडा कुनै समय दाउदका महत्वपूर्ण सदस्य थिए। उनले ड्रग्स तस्करीलगायत महत्वपूर्ण गतिविधिलाई समाल्ने गर्थे। तर १९९३ मा मुम्बइमा भएको विस्फोट पछि उनी छोटा राजनसँगै दाउद ग्याङ्गबाट अलगिएका थिए। छोटा राजनसँग तनाव बढेपछि उनले आफ्नो छुट्टै गिरोह बनाएर नेदरल्याण्डमा बसेर ड्रग्स तस्करी गरिरहेको समाचारहरूमा उल्लेख गरिएको पाइन्छ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]