About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
छुट्टै गुठी विधेयक ल्याउनुपर्नेमा जोड

‘दाङ, धनुषा तथा सुदूरपश्चिम र हाम्रो गुठीलाई एकै प्रकारले हेरिनुहुन्न ।’

खोज केन्द्र बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । प्रस्तावित गुठी विधेयक स्वायत्त, स्वतन्त्र र छुट्टै प्रावधानसाथ ल्याउनुपर्नेमा जोड दिइएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुद्वारा बुधबार आयोजित ‘सरकारको प्रस्तावित गुठी विधेयक र नेवाः सरोकार’ विषयक अन्तक्र्रियामा सरोकारवालाले यस्तो जोड दिएका हुन् ।

गुठी विधि विधेयक एकीवृmत आन्दोलन संयोजक डा. महेशमान श्रेष्ठले नेवार समुदायको गुठीमा ‘कसैले पनि हस्तक्षेप गर्न नपाउने’ बताए । नेवार समुदायको सहमतिबिना निर्णय गरिए
‘परिणाम नराम्रो हुने’ चेतावनीसमेत उनले दिए । ‘गुठीका लागि अलग व्यवस्था हुनुपर्छ,’ संयोजक श्रेष्ठले भने, ‘दाङ, धनुषा तथा सुदूरपश्चिम र हाम्रो गुठीलाई एकै प्रकारले हेरिनुहुन्न ।’

गत ४ असारमा ‘नेवार संस्वृmति र सभ्यता समाप्त पार्नेखाले गुठी विधेयक प्रस्ताव गरेको’ भन्दै माइतीघर मण्डलामा मानवसागर उर्लिएको थियो । लगत्तै सरकारले फिर्ता लिएको ‘गुठी विधेयक’ संसद् हिउँदे अधिवेशनमा फेरि प्रस्ताव गर्ने तयारी थालिएको छ ।आन्दोलन सहसंयोजक पवित्र बज्राचार्यले गुठी आन्दोलन ११ वर्षअघि नै सुरु भएको स्मरण गरे । २०६५ को इन्द्रजात्राका लागि गुठी संस्थानले बजेट कटौती गर्दा ताका नै आन्दोलन सुरु भएको उनको तर्क छ ।

नेवाः पत्रकार राष्ट्रिय दबुका सल्लाहकार सुरेशकिरण मानन्धरले १५००–१६०० वर्षअघि आफ्ना पुर्खाले बनाएको गुठी स्वयं ‘एउटा प्रणाली’ भएको जिकिर गरे । ‘यसबाट तीन महŒवपूर्ण काम भइरहेका छन्, गुठी हुँदा भूमिको सुरक्षा हुन्छ, भूमि पहिचानको आधारभूत स्रोत हो,’ उनले भने, ‘यसले संस्कृति र सम्पदा पनि रक्षा गर्छ भने गुठीले राखेको जग्गाबाट उत्पादन गरेर आयस्रोत आर्जन हुन्छ । यस्तो प्रणालीमा कसैले हस्तक्षेप गर्न जरुरी छैन ।’

नेवाः पत्रकार राष्ट्रिय दबुका निवर्तमान अध्यक्ष श्रीवृmष्ण महर्जनले गुठी विधेयकको सवालमा राजनीतिक पार्टीको फरक दृष्टिकोण रहेको औंल्याए ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]