पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको qबिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ।
भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो। बैठक पुस २७ र २८ गते बसेको थियो।
नेपाली पक्षको नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव धु्रव घिमिरेले पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा भण्डारणका लागि भारतको सिलिगुडीदेखि नेपालको झापासम्म दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले राखेको प्रस्तावमा भारतीय पक्ष सकारात्मक रहेको जानकारी दिए ।