About Contact
२० फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
गिटी, बालुवा तस्करी :- प्रदेश २ का मुख्यमन्त्रीको आरोप, डिआइजीको जवाफ

खोज केन्द्र बुधबार, माघ ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

क्रसर तथा खानी उद्योगमा प्रहरीकै मिलेमतो छ : लालबाबु राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरीकै मिलेमतोमा गिटी, बालुवाको तस्करी भइरहेको आरोप लगाएका छन् । मंगलबार जनकपुरमा आयोजित गोष्ठीमा बोल्दै उनले चुरे क्षेत्रको दोहन भइरहेको र त्यसमा प्रहरीले नै सहयोग गरेको दाबी गरे । प्रहरी प्रदेश सरकारको मातहत नहुँदा रोक्न नसकिएको उनको भनाइ छ । नीति अनुसन्धान प्रतिष्ठान र परराष्ट्र मामिला अध्यक्ष प्रतिष्ठानले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

क्रसर उद्योग राजनीतिक संरक्षणमा चलेका छन् : प्रद्युम्न कार्की, डिआइजी

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले मुख्यमन्त्रीको आरोप आधारविहीन भएको बताए । क्रसर तथा खानीको नियमनमा प्रहरीको कुनै भूमिका नभएको बरु धेरै सांसद र मेयरहरूको संरक्षण रहेको दाबी गरे । ‘स्थानीय तहले लाइसेन्स दिने, जिल्ला समन्वय समितिले अनुगमन गर्ने,’ उनी भन्छन्, ‘अनि दोषचाहिँ प्रहरीलाई लगाउने ? हामीलाई अधिकार दिनोस्, सबै अवैध क्रसरहरू बन्द गरिदिन्छौँ । तर, अवैध क्रसर बन्द गराउन खोज्दा उल्टो नेताहरूबाट दबाब आउने गरेको अनुभव हामीलाई छ । नेताको संरक्षणविना यी उद्योग चलेका छैनन् ।’

सम्बन्धित

ताजा अपडेट
यातायात कार्यालय जनकपुरमा प्रहरीको छापा, १५ दलाल पक्राउ
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]