About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
अझै चिसो बढ्ने ,यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

खोज केन्द्र बुधबार, पौष ०२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडाैं- केहि दिनअघि परेको वर्षा र हिमपातसँगै देशभर ह्वात्तै चिसो बढेको छ। पुस लागेसँगै तराईमा बाक्लो हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा शीतसहित कठ्याङ्ग्रिने चिसो बढेको छ।

देशभरको तपाक्रम पनि घट्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् समिर श्रेष्ठका अनुसार अधिकांश हिमाली क्षेत्रको तापक्रम माइनसमा झरेको छ।

बुधबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा कम मापन भएको छ। बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् श्रेष्ठले बताए।

उनका अनुसार काठमाडाैं उपत्यकासहित देशभरको तापक्रम अझै घट्ने छ।

तराई पनि बाक्लो हुस्सुसँगै तापक्रम खस्किदै गएको छ। मंगलबार बिहानदेखि तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु अझै हटेको छैन् । जसले गर्दा राम्रोसँग घाम लाग्न नसक्दा चिसो बढेको छ।

आज पनि तराईका धेरै ठाउँमा दिनभर नै हुस्सु लाग्ने सम्भावना रहको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

 

यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

पौष २ गते (बुधबार)

दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशको पूर्वी र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ३ गते (बिहिबार)

दिउँसो: देशको पश्चिमि भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशभर आंशिक बदली रहनेछ।

पौष ४ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका एक दुइ स्थान मा हल्का वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य वदली रहने छ । साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]